Homeखेलकुदनेपालद्वारा श्रीलंकामाथि शानदार जित

नेपालद्वारा श्रीलंकामाथि शानदार जित

ताशकन्द, उज्वेकिस्तान | असार १७, २०८२
उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला फुटबल छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को विशाल अन्तरले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले शानदार प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरिन्। यस्तै गिता रानाले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिइन्। निशा थोकर, रेखा पौडेलपूजा रानाले एक–एक गोल गरे।

खेलभर नेपाली टोलीले विपक्षीमाथि दवाव कायम राख्दै श्रीलंकालाई कुनैपनि अवसर दिन दिएन। सावित्राको ह्याट्रिकले खेलमा उर्जाशीलता थप्दा अन्य खेलाडीको समन्वय उत्कृष्ट देखिएको थियो।

यस जितसँगै नेपालले समूहमा उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्ने सम्भावना बलियो बनाएको छ। प्रतियोगितामा उज्जेकिस्तान विरुद्धको खेल नेपालका लागि निर्णायक हुनेछ ।


यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة