Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

१३औँ मोहन स्मृति सिरानचोक चित्रेपोखरी दौतरी कप–२०८२ फागुन ५ देखि

गोरखा ।
गोरखा जिल्लामा १३औँ मोहन स्मृति सिरानचोक चित्रेपोखरी दौतरी कप–२०८२ खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिरानचोक गाउँपालिका–५ स्थित चित्रेपोखरी दौतरी समूहको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

आयोजकका अनुसार प्रतियोगिता २०८२ फागुन ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता न्यू दौतरी समूहको खेल मैदानमा आयोजना गरिनेछ । जिल्लाभित्र तथा बाहिरका विभिन्न क्लब तथा टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख २० हजार र उपविजेता टोलीले रु. ६५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै मेडल, प्रमाणपत्र तथा अन्य विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

टिम दर्ता शुल्क रु. १० हजार तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति २०८२ फागुन ३ गते रहेको आयोजकले जनाएको छ ।

स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति प्रेरित गर्ने तथा स्व. मोहनको स्मृतिलाई सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । इच्छुक टिमहरूलाई समयमै दर्ता गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.