पुस २३, गोरखा ।
गोरखा सदरमुकामको बसपार्क देखि शक्तिचोक सम्मको क्षेत्रमा फुटपाथ सहितको सडक स्तरोन्नति भए संगै मंगलबारबाट एकातर्फी पार्किङ सुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले बसपार्क टोल बिकास संस्था संग समन्वय गरी आलोपालो रुपमा एकतर्फी पार्किङको व्यवस्थापन मिलाएको हो । हप्ताको ६ दिन सम्म सडको एकातर्फ आलोपालो गरि पार्किङ गर्ने र शनिबारको १ दिन भने सडक आवागमनलाई असर नगर्ने तवरले पार्किङ गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Post Views: 77
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0