Homeगण्डकी प्रदेशहरमटारीचोक-घ्याम्पेसालचोक-अस्पतालमार्ग सडक बन्द

हरमटारीचोक-घ्याम्पेसालचोक-अस्पतालमार्ग सडक बन्द

२९ जेठ, गोरखा । गोरखा बजारको हरमटारी देखि अस्पतालचोक सम्मको सडक पूर्णरूपमा बन्द भएको छ । सडकमा रहेका खाल्डा खुल्डीले सवारी साधन दुर्घटना हुने सम्भावना बढेपछि गोरखा नगरपालिकाले एक सुचना जारी गर्दै सदरमुकामको मुख्य सडक हरमटारी, घ्याम्पेसालचोक र अस्पताल मार्ग सडक अर्को सुचना नआएसम्मका लागि बन्द गरेको जानकारी दिएको छ ।

गोरखा नगरपालिकाको ५२ लाख बजेटबाट २ सय मिटर कालोपत्रे सय घनमिटर सडक ढलान नाली मर्मत गर्नुपर्ने भएको हुँदा गोरखा सदरमुकामबाट आरुघाट, भिमसेन थापा गाउपालिका, शहीद लखन गाउँपालिका जाने मुख्य सडक भएकाले उक्त सडकबाट सवारी आवगमनमा पूर्णरूपमा बन्द गरिएकाले वैकल्पिक मार्ग खोजी गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ ।

अत्यधिक मात्रामा सवारी साधनको चाप हुने सडक भएकाले पनि बर्खा लागेसँगै थप क्षति हुन नपाओस भन्ने उद्येश्यले सडक मर्मत सम्भार गर्न लागिएको गोरखा नगरपालिका इन्जिनियर प्रकाश ढकालको भनाइ छ ।

केहि दिनको लागि मुख्य सडकमा सवारी साधन आवतजावतमा समस्या देखिएता पनि सडक मर्मत सम्भारले सवारीसाधनलाई सहज बनाएर यात्रा गराउने गोरखा नगरपालिकाले योजना रहेकाले सडक बाटोको कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गोरखा नगरपालिका सचेत रहेको बताइएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة