Homeगोरखाका समाचारगोरखामा ‘दसौं गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता फागुन ३ देखि

गोरखामा ‘दसौं गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता फागुन ३ देखि

गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको ‘दसौं गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता फागुन ३ देखि ९ गतेसम्म सञ्चालन हुने भएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक हरमटारी क्लबले प्रतियोगिता सम्बन्धी जानकारी गराएको हो। प्रतियोगितामा विभिन्न १६ टिमको सहभागिता रहने छ। गोरखा नपा ६ हरमटारी स्थित खेलकुदमैदानमा हुने प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिने क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई दुई लाख रुपैयाँ प्राप्त गर्नेछ।

त्यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ, सर्वोत्कृष्ट गोलरक्षकउच्च गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। साथै अनुशासित टिमलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

जिल्लाभित्रका युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूलाई व्यावसायिक खेलाडीको रूपमा विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة