Homeप्रवास समाचारनेपाल मगर सङ्घ शाखा कतारले 'माघ्या सकराटी' मनाउने

नेपाल मगर सङ्घ शाखा कतारले ‘माघ्या सकराटी’ मनाउने

पुस २४, कतार

कतारमा रहेका सम्पूर्ण मगरहरूलाई एकिकृत गर्ने उद्देश्यले सन् २००० मा स्थापित नेपाल मगर संघ, शाखा कतारले “सम्पूर्ण मगरहरूको एकता – अहिलेको आवश्यकता ” भन्ने मूल नाराका साथ विगतका वर्षहरूमा झैँ यस वर्ष पनि मगर समुदायको महान राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी (मगर मिनाम् ल्हेस-५०१९)-२०२६ को अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम-२०८२” गर्ने भएको छ।

उक्त कार्यक्रमको लागि भनेर नेपाल मगर संघ, शाखा कतार ले नेपाल बाट आमन्त्रित अहिलेका चर्चित लोक तथा दोहोरि गायिका प्रिती आले मगर र गायक अमर रोका मगर कतार आउने भएका छन्।

कार्यक्रमका आकर्षणहरुमा नेपाल देखि पाल्नुहुने कलाकार द्वय, बहुचर्चित लोकदोहोरी गायिका (दोहोरी रकस्टार) श्री प्रीती आलेमगर ज्यु र लोकदोहोरी गायक श्री अमर रोका मगर ज्यू को मनमोहक प्रस्तुतिहरु साथै नेपाल मगर साँस्कृतिक परिवार कतारको कलाकारहरुबाट मगर समुदायको मौलिक विविध साँस्कृतिक प्रस्तुतिहरु कौरा, हुर्रा, सालैजो, सोरठी, झ्याउरे, भूम्या तथा फिल्मी गीतहरुका साथमा विविध मगर परिकारहरु रहेको छ।

कार्यक्रम स्थल सम्म जानको लागि कतारका विभिन्न स्थानहरू बाट यातायातको ब्यवस्था गरिएको छ भने कार्यक्रमलाई देवि कुमारि मगरले संयोजन गर्ने भएका छन्।

कार्यक्रम यहि १६ जनवरी २०२६ (शुक्रबार)का दिन अल ओकिरमा रहेको डि.पि.एस. मोनार्च इन्टरनेशनल स्कुलको सभाहलमा बिहान ११:०० बजे देखि हुने भएको छ।

उक्त कार्यक्रम सभ्य भव्य रुपमा सफल बनाउन कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई नेपाल मगर संघ, शाखा कतारले सादर निमन्त्रणा गरेको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة