Homeगण्डकी प्रदेशपृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु

नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको आज पुस २१ गते गोरखा दरबारबाट सुरु भएको छ । पुस २७ गते काठमाडौंको हनुमानढोका दरबारसम्म पुग्नेगरी सोमबार बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो ।

पदयात्राको लागि जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, नेपाली सेनाको पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायतले सहभागीहरुलाई विदाई गरेका थिए ।

गोरखा स्थित नेपाली सेनाको रुद्रध्वज गणका अधिकृतको कमान्ड सहितको टोलीलाई टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डा प्रदान गरी पदयात्रा सुरु गरिएको हो ।

उनीहरूलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झन्डा हस्तान्तरण गरेर बिदाई गरिएको थियो ।
पदयात्रामा निस्किएको टोली सोमबार पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेसी पुगेर धादिङको नेपाली सेनाको पदयात्री टोलीलाई टर्च र झन्डा बुझाउने छ । धादिङको गणले नुवाकोटको गणलाई र नुवाकोटले काठमाडौंको गणलाई हस्तान्तरण गर्नेछ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते हनुमानढोका दरबारमा आयोजना हुने कार्यक्रमका लागि सो टोलीले पुस २६ गते साँझसम्म हनुमानढोका स्थित गुल्मलाई टर्च र झन्डा हस्तान्तरण गर्ने कार्यक्रम निर्धारण भएको छ ।

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
एकीकरण मार्गमा रहेको ऐतिहासिक स्मारक, कोट र गढी संरक्षण, प्रचार प्रसार तथा विकास गर्ने उद्देश्यले २०७६ सालदेखि नेपाली सेनाले सो पदयात्रा सुरु गरेको हो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة