Homeगण्डकी प्रदेशअजिरकोटका राजु लामाको सहयोगमा लियो क्लब अफ गोरखाले न्यानो कपडा वितरण गर्यो

अजिरकोटका राजु लामाको सहयोगमा लियो क्लब अफ गोरखाले न्यानो कपडा वितरण गर्यो

राजु लामा/कतार

लियो क्लब अफ गोरखाले आज पुस ११ गते गोरखाको अजिरकोट गाँउपालिकाको वडा नम्बर ३ बुधसिङ्गमा रहेको श्री बुद्ध ज्योति आधारभुत विद्यालयमा रहेका विद्यार्थी हरूलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ। चिसो मौसममा न्यानो कपडा तथा केही शैक्षिक सामाग्री प्राप्त गरे पछि विद्यालय अनि विद्यार्थीहरूमा खुसि देखिएको थियो।

उक्त विद्यालयमा अध्यनरत ईसिडि देखि कक्षा ५ सम्मका २१ जना विद्यार्थी हरूलाई लियो क्लब अफ गोरखाको आयोजनामा यो चिसो मौसममा न्यानो बनाउन र थप शिक्षामा सहज होस् भन्ने उद्धेश्यका साथ शैक्षिक सामाग्री वितरण गरिएको हो।

लियो क्लब अफ गोरखाले आयोजना गरेको उक्त कार्यक्रम लाई भने गोरखा जिल्ला अजिरकोट गाँउपालिका वडा नम्बर ५ कुसुण्डे, सालबोट स्थायि घर भएका राजु लामा (थिङ्ग) हाल प्रवाशि भुमि (दोहा- कतार) बाट समन्वय गरेका थिए।

आफ्नो देश भन्दा बाहिर बिरानो देश बाट पनि यसरी समाजिक सेवामा साथ समन्वय गर्ने राजु लामा प्रति लियो क्लब अफ गोरखाले हार्दिक धन्यवाद प्रकट गरेको छ।

लियो क्लब अफ गोरखाका अध्यक्ष लियो राज गुरुङ ज्यूको अध्यक्षता र डिस्टिक 325 J नेपालका DP लियो बालकृष्ण परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो डिस्टिक चियरपर्सन लियो लायन्स यम बसेल, लियो सुमन बाबू श्रेष्ठ, रिजन मनासुलुका रिजन कोडिनेटर लियो मिलन उपरकोटी, यसै गरि लियो क्लब अफ गोररखा डाईमन्डका अध्यक्ष लियो रवि बोगटी र विव्यसका अध्यक्ष डिल्लीराम अधिकारी, सदस्य राम बहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य रमेश लम्साल, सुस्मिता दवाडी, विद्यालयका प्रअ सिताराम अधिकारी,
शिक्षक शिक्षीका, विद्यार्थी भाईबहिनीहरु, सम्पूर्ण अभिभावकहरु सहभागी भएका थिए ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
1
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة