Homeगण्डकी प्रदेशमन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी

मन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी


गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली खोलाघाटमा रहेको ऐतिहासिक मङ्गलेश्वर महादेव मन्दिरको ढोका फोडेर त्यसभित्र रहेको दान पेटिकाबाट गए राती रकम चोरी भएको छ।


गत ४ गते को रातको समयमा चोरी भएको मङ्गलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका राजु बाबु कुमालले जानकारी दिनुभयो। उहाँका अनुसार रातको समयमा मन्दिरको ढोकामा रहेको चाबी तोडेर भित्रपसी मन्दिरभित्र रहेको दानपेटिकामा भएको केही रकम चोरी भएको तर मूर्ति लगायत अन्य सामग्रीहरू भने यथावत अवस्थामा रहेको पाइएको छ ।
घटनाका बारेमा बिहान मात्र थाहा पाएपछि प्रशासन लगायत स्थानीयहरुलाई जानकारी गराइसकिएको र चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको बताइएको छ ।


मन्दिर जस्तो पवित्र स्थानमा छिरेर चोरी गर्ने जो कोहीलाई पनि छिट्टै पहिचान गरी पक्राउ गरेर कारबाही गर्नुपर्नेमा स्थानीयहरुले जोड दिएका छन्। यस मन्दिरमा हरेक वर्ष शिवरात्रीको दिन विशेष रुपमा पूजा तथा रात्री जागराम लगायतका कार्यक्रमहरू हुने गर्दछ भने अन्य सबै दिनहरूमा नियमित पूजा आर्चना हुँदै आएको छ। यस स्थानमा आएर रात्री जाग्राम बसेर बत्ती बाल्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ गोरखा, तनहु, लमजुङ लगायत देशभरका विभिन्न स्थानबाट यहाँ भक्तजनहरु आउने गरेका छन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة