Homeसमाचारपेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्याे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्याे

असार १, काठमाण्डौं । आयल निगम लिमिटेडले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलप्रति लिटर समान दुई रुपैयाँका दरले मुल्य बढाएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १६० र डिजेल तथा मट्टितेल १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आइतबार दिउँसो इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल १.४१ रुपैयाँ र डिजेल १.६७ रुपैयाँ प्रतिलिटर महँगिएर आएका कारण नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة