गोरखा, १५ असार २०८२ । गोरखा नगरपालिका-१०, छेपेटारस्थित बर्बले चौरमा आज असार १५ गते २२ औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव २०८२ तथा उत्कृष्ट कृषक पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा “धानवालीमा सघनता, खाद्य सुरक्षामा आत्मनिर्भरता” भन्ने मूल नाराका साथ आयोजित यो कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो ।

कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीको अध्यक्षता र जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगर, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी निकायका प्रतिनिधि र जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई पुरस्कार वितरण गरिएको थियो, जसले स्थानीय किसानहरूलाई धान खेतीप्रति थप प्रोत्साहन प्रदान गरेको छ ।
फोटो फिचर (तस्वीर:- अभिषेक तामाङ)
















