Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कास्कीलाई

जेठ २७, गोरखा ।

गोरखामा संचालित गण्डकी प्रदेश स्तरीय १६ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कास्की जिल्लाले हात पारेको छ । गोरखाको हरमटारी खेलकुद मैदान र छेवेटार खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जितेर कास्की जिल्लाले उपाधि हात पारेको हो ।

यो संगै कास्की जिल्ला गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लगातार ३ पटकको च्याम्पियन बनेको छ । उक्त प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर म्याग्दी जिल्ला दोस्रो, १० स्वर्ण, १० रजत र १० कास्य पदक जितेर बाग्लुङ तेस्रो बनेको छ ।

प्रतियोगिताको जेठ २६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले उद्धाटन गर्नुभएको थियो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.