Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

गोरखामा राष्ट्रिय स्तरको पृथ्वीनारायण गोल्डकप हुने

गोरखा जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको तयारी सार्वजनिक गरेको हो। अध्यक्ष प्रेम तमाङका अनुसार खेलकुदमार्फत गोरखाको पहिचान, पर्यटन प्रवर्द्धन र स्थानीय खेलाडीको विकास मुख्य उद्देश्य हो।

‘ए’ डिभिजनका ८ क्लब सहभागी हुने प्रतियोगिता गोरखा नगरपालिका–१० छेवेटार खेलमैदानमा संचालन हुनेछ । प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख र गोरखा नगरपालिकाबाट ५ लाख रुपियाँ बजेट छुट्टाइसकिएको समितिले जनाएको छ । करिब ८० लाख लागत अनुमान गरिएको प्रतियोगितामा विभिन्न सरकारी–गैरसरकारी निकाय तथा खेलप्रेमीहरूले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतियोगिताको मिति औपचारिक रूपमा तय भइसकेको छैन भने पुसको अन्तिम सातातिर आयोजना गर्ने तयारी भइरहेको समितिले जनाएको छ । त्यस्तै पुरस्कार राशी पनि चाँडै सार्वजनिक गरिनेछ।

एन्फा गोरखाका अध्यक्ष विशाल गुरुङले राष्ट्रिय खेलाडी सहभागी हुने मोफसलस्तरको यो प्रतियोगिता जिल्लाका खेलाडी र खेलप्रेमीका लागि महत्वपूर्ण हुने प्रतिक्रिया दिएका छन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.