Homeगोरखाका समाचारबारपाक सुलिकोट गाउँपालिकामा किशोरी सञ्जाल गठन

बारपाक सुलिकोट गाउँपालिकामा किशोरी सञ्जाल गठन

गोरखा, असार १२, २०८२
बारपाक सुलिकोट गाउँपालिकामा सविना गुरुङको अध्यक्षतामा किशोरी सञ्जाल गठन भएको छ ।

गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इन्दिरा बरालका अनुसार गाउँपालिकाका ८ वटै वडालाई समेटेर गठित १७ सदस्यीय सञ्जाल गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा संगिता बराम, कोषाध्यक्षमा समीक्षा अंगाई, सचिवमा विपना गुरुङ, र सह–सचिवमा विपिसा दवाडी र अन्य १२ जना सदस्य चयन भएका छन् ।

किशोरी शिक्षालाई प्रोत्साहन, सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने र जनचेतना फैलाउने सञ्जालको उद्देश्य रहेको बरालले बताइन् । सञ्जालले किशोरी सशक्तीकरण र सामाजिक सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य भगवती तिवारी र वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
7
2
1
1
4
1
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة