Homeगोरखाका समाचारभीमसेनथापा गाउँपालिका–२ गोर्खा को २० वर्ष पुरानो सडकमा पहिलोपटक सार्वजनिक बस सेवा

भीमसेनथापा गाउँपालिका–२ गोर्खा को २० वर्ष पुरानो सडकमा पहिलोपटक सार्वजनिक बस सेवा

गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका–२ अन्तर्गत पर्ने गोरखा–क्यापानी–ताराखसे–सिमलफेदी हुँदै आरुघाट सडक खण्डमा पहिलोपटक नियमित सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ। वि.सं. २०८२ माघ २० गतेदेखि गोरखाबाट दिउँसो १२:३० बजे छुट्ने बस उक्त रुटमा चल्न थालेको हो।

उक्त सडक करिब २० वर्षअघि निर्माण सम्पन्न भएको थियो। यस अवधिभर मोटरसाइकल, ट्र्याक्टरजस्ता निजी सवारी साधन भने चल्दै आएका थिए, तर सार्वजनिक बस सेवा भने कहिल्यै नियमित रूपमा सञ्चालनमा आएको थिएन। सवारी नपाउँदा स्थानीय बासिन्दा लामो दूरी पैदल हिँड्न बाध्य थिए।

विशेषगरी बिरामीलाई अस्पताल पुर्‍याउन , तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ हुने गरेको थियो। नयाँ व्यवस्थाअनुसार सोही रुटबाट बिहान ८:३० बजे गोरखा फर्किने बस सेवा पनि सञ्चालन गरिएको छ।

स्थानीयवासीहरूले सडक बनेको दुई दशकपछि बल्ल सार्वजनिक सवारी सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै सेवा नियमित, सुरक्षि

त र भरपर्दो रूपमा सञ्चालन भइरहोस् भन्ने माग गरेका छन्।

यस बस सेवाले गाउँ–बजार आवतजावत सहज बनाउने, स्वास्थ्य तथा शिक्षा सेवामा पहुँच बढाउने र कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة