Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

गोरखा टेलरिङ व्यवसायी संघको अध्यक्षमा होम बहादुर परियार

चैत २८ गोरखा ।

गोरखा टेलरिङ व्यवसायी संघ गोरखाको छैटौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले ‍होम बहादुर परियारको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा अमृत छिनाल, उपाध्यक्षमा नारायण परियार, महासचिवमा सस्मिता मास्के, सचिवमा सुस्मा थापा मगर, कोषाध्यक्षमा अनिशा आले मगर र सदस्यहरुमा शर्मिला मास्की, तेज बहादुर परियार र निर्मला परियार चयन भएको निर्वाचन अधिकृत एवं नेपाल टेलरिङ व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा संघका सदस्यहरु सम्झना सुर्खेती, सानुमाया बानियाँ, सुर्यकला श्रेष्ठ, बिनिता बराम, सुमित्रा परियार, रोजिना श्रेष्ठ, तेज बहादुर परियार र डिल बहादुर दर्जीलाई उत्कृष्ट सहयोगी सदस्य सम्मानबाट सम्मान समेत गरेको छ । त्यस्तै गरी अनुशासित सदस्य सम्मानबाट अनिशा आले र उत्कृष्ट व्यवसायिक सदस्य सम्मानबाट शर्मिला मास्कीलाई सम्मान गरेको छ ।

संघका अध्यक्ष बिकास बाबु परियारको अध्यक्षता र नेपाल टेलरिङ व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष सोम बहादुर अछामीको प्रमुख आतिथ्यतामा आज चैत्र २८ गते भएको अधिवेशनमा संघका पालुङटार र आरुघाट इकाइका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।  

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.