Homeगोरखाका समाचारअजिरकोट गाउँपालिकामा शल्यक्रिया सेवा सुरु हुँदै

अजिरकोट गाउँपालिकामा शल्यक्रिया सेवा सुरु हुँदै

गोरखा, २०८२ असार १३ गते
अजिरकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हात परेको छ। अब दशैं अगावै भच्चेक आधारभूत अस्पतालमा शल्यक्रिया सेवा (Surgery Service) सुरु हुने भएको छ।

यससँगै गाउँवासीलाई सामान्यदेखि जटिल शल्यक्रिया सेवाका लागि गोरखा, चितवन वा काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ।

अजिरकोट गाउँपालिका, मुटु फाउन्डेसन नेपाल र मनोज एसोसिएसन फ्रान्सको सहकार्यमा अस्पतालमा अत्याधुनिक अपरेशन थियटर (Operation Theatre – OT) को सेटअप सम्पन्न भइसकेको गाउँपालिकाले जानकारी दिएको छ।

“गाउँमै सेवा, गाउँमै उपचार” भन्ने नारा साकार पार्दै अब शल्यक्रिया सेवा स्थानीयस्तरमै उपलब्ध हुने भएपछि स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरताको नयाँ युग सुरु भएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य पूर्वाधारको विकासमार्फत गाउँमै गुणस्तरीय सेवा पुर्‍याउने दीर्घकालीन लक्ष्यतर्फको यो एक ठुलो पाइला भएको भन्दै गाउँपालिकाले मुटु फाउन्डेसन नेपाल र मनोज एसोसिएसन फ्रान्सप्रति विशेष आभार प्रकट गरेको छ।

शल्यक्रिया सेवाको सुरुआतसँगै भच्चेक अस्पतालले अब गर्भसम्बन्धी शल्यक्रिया, एपेन्डिक्स, हर्निया लगायतका सर्जिकल सेवा दिने तयारी गरिरहेको छ। स्थानीयबासीहरू यस कदमलाई अत्यन्त सकारात्मक रूपमा लिँदै गाउँमै प्रभावकारी स्वास्थ्य सेवा पाउने आशा व्यक्त गरिरहेका छन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة