गोरखाका समाचारगण्डकी प्रदेश
१० वर्षसम्म बारपाक सडकको काम अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द

२०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि ठेक्का लागेको बारपाक सडकको काम १० वर्षसम्म अलपत्र पारेपछि निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्श लाई दिइएको ठेक्का रद्द गरिएको छ।
छेवेटार–भालुस्वाँरा–बारपाक सडकको उक्त खण्डको ८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७४ असार १५ भित्र पूरा गर्ने गरी २०७२ असार ३१ गते साविकको ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनासंग सम्झौता गरेको भएतापनि कम्पनीले ८ पटक म्याद थपेर पनि काम पुरा नगरेपछि २०८२ मंसिर १२ गतेदेखि ठेक्का रद्द गरिएको सडक आयोजना कार्यालय गोरखाले जनाएको छ।
काम नगरे पनि कम्पनीले करिब ८० प्रतिशत भूक्तानी बुझिसकेको कार्यालयले जनाएको छ।
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?



