Homeगोरखाका समाचारगोरखामा ७ वर्षीया बालिका रहस्यमय अवस्थामा मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

गोरखामा ७ वर्षीया बालिका रहस्यमय अवस्थामा मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

२०८२ असार १४ गते, गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–१ मसेलस्थित गैराथोकमा ७ वर्षीया बालिका रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। स्थानीय कनकामना आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत संगीता बरामको शव शुक्रबार साँझ आफ्नै घरभित्र झुण्डिएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार संगीता घरको छानाको डाँडाभाटामा नाम्लोको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। केही समयअघिसम्म साथीसँग खेलिरहेकी उनी अचानक मृत अवस्थामा भेटिएको घटनाले रहस्य पैदा गरेको छ।

घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले संगीता झुण्डिएको अवस्थामा भेटिएपछि उनका १० वर्षीय दाजु सन्दीप बराम चिच्याएको र कान्छा हजुरबुबाले डोरी काटेर उनलाई झारेका थिए। तर उद्धार गर्दासम्म संगीताको ज्यान गइसकेको प्रहरीले जनाएको छ।

बालिकाको शव गोरखा अस्पतालमा पोस्टमार्टम गर्न लगिएको थियो तर घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि शव शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

स्थानीय बासिन्दाहरूले केही समयअघिसम्म खेलिरहेकी बालिका अचानक झुण्डिएको अवस्थामा मृत फेला परेको भन्दै घटना रहस्यमय भएको बताएका छन्।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
6
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة