Homeगोरखाका समाचारलिखित स्पष्टीकरण पछि गण्डकीको गाउँसभामा जान तयार भए काँग्रेस एमाले

लिखित स्पष्टीकरण पछि गण्डकीको गाउँसभामा जान तयार भए काँग्रेस एमाले

गोरखा, १७ असार । गण्डकी गाउँपालिकामा लामो समयदेखि गाउँसभा बैठक बहिष्कार गर्दै आएका कांग्रेस र एमालेका जनप्रतिनिधिहरू अन्ततः गाउँसभामा सहभागी हुने सहमतिमा पुगेका छन्। गाउँपालिकाको कार्यपालिकाले तीन दिने लिखित स्पष्टीकरण मागेपछि उनीहरूले गल्ती स्वीकार्दै बैठकमा भाग लिने प्रतिबद्धता जनाएका हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनपछि हालसम्म बसेको ९ वटा गाउँसभा बैठकमध्ये कुनैमा पनि उपस्थित नभएका उपाध्यक्ष ललिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सुबास पन्त र वडा नम्बर ४ का अध्यक्ष राजुबाबु भण्डारीले अबदेखि बैठकमा उपस्थित हुने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले जनप्रतिनिधिहरूलाई बारम्बार बैठकमा सहभागी हुन आग्रह गर्दा पनि नभएको उल्लेख गर्दै अब लिखित प्रतिबद्धता प्राप्त भएको बताए । गण्डकी गाउँपालिकाले लिखित स्पष्टीकरण पत्र जारी गरेपछि कांग्रेस र माओवादी केन्द्रबीच जिल्ला तहमा सहमति भएको थियो भने नेकपा एमालेले पनि छुट्टै छलफल गरि गाउँसभा बैठकमा सहभागी हुने लिखित प्रतिबध्ता जनाएको छ। गण्डकी गाउँपालिका कार्यालय भुम्लिचोकमा माओवादी केन्द्र र एमालेका पार्टी प्रतिनीधहरुको उपस्थितिमा सहमति भएको हो ।

जिल्ला तहका पार्टी नेताहरूको सक्रियतामा भएको बैठकले सहमति गरेको हो। कांग्रेस जिल्ला सभापति नन्दु न्यौपाने, माओवादी केन्द्रका नेता लेखबहादुर थापामगर, एमाले जिल्ला अध्यक्ष सुरेन्द्र थापाबिच छुट्टाछुटै सहमति भएको जनाइएको छ । एमाले र माओवादी केन्द्रबीच ५ बुदे सहमति भएको एमालेका गण्डकी इन्चार्ज गोपाल पाण्डेले जानकारी दिए ।

गाउँसभा बैठकमा सहभागि हुने कांग्रेस-एमालेको छुट्टाछुट्टै सहमति पछि गाउँपालिकाले स्पस्टिकरणको प्रकिया समेत फिर्ता लिने भएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة