Homeगोरखाका समाचारगोरखा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु, अब मिनेटमै रिर्पोट

गोरखा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु, अब मिनेटमै रिर्पोट

गोरखा, २३ असार २०८२ । गोरखा अस्पतालले लामो समयपछि डिजिटल एक्सरे सेवा सञ्चालनमा ल्याएको छ । विगतमा पुरानो मेसिनका कारण एक्सरे प्रष्ट नदेखिने र रिर्पोटमा ढिलाइ हुने गुनासो सेवाग्राहीबाट आउने गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले भने, “हामीले लामो समय अनुदानमा प्राप्त पुराना मेसिन सञ्चालनमा ल्याएका थियौँ । समयसापेक्ष अब डिजिटल एक्सरे मेसिन जडान गरी सेवा सुरु गरेका छौँ ।”

गण्डकी प्रदेश सरकारबाट प्राप्त डिजिटल एक्सरे मेसिन असार १८ गतेदेखि काठमाडौँबाट आएका प्राविधिकहरूले जडान गरेपछि सेवा सुरु भएको हो। अस्पताल प्रशासनका अनुसार, अब सेवाग्राहीले एक्सरे गराएको केही मिनेटमै रिर्पोट प्राप्त गर्नेछन् ।

यो सेवाले गोरखा अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
1
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة