Homeगण्डकी प्रदेशलियो क्लब अफ गोरखाले अजिरकोटको बुधसिङमा श्री बुद्ध ज्योति आधारभुत विद्यालयमा न्यानो...

लियो क्लब अफ गोरखाले अजिरकोटको बुधसिङमा श्री बुद्ध ज्योति आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गर्दै

लियो क्लब अफ गोरखाले यहि पुष ११ गते गोरखाको अजिरकोट गाँउपालिकाको वडा नम्बर ३ बुधसिङ्ग मा रहेको श्री बुद्ध ज्योति आधारभुत विद्यालयमा रहेका विद्यार्थी हरूलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ।

उक्त विद्यालयमा अध्यनरत ईसिडि देखि कक्षा ५ सम्मका २१ जना विद्यार्थी हरूलाई लियो क्लब अफ गोरखाको आयोजनामा यो चिसो मौसममा न्यानो बनाउन र थप शिक्षामा सहज होस् भन्ने उद्धेश्यका साथ शैक्षिक सामाग्री वितरण गर्ने भएको हो।

लियो क्लब अफ गोरखाले आयोजना गरेको उक्त कार्यक्रम लाई भने गोरखा जिल्ला अजिरकोट गाँउपालिका वडा नम्बर ५ कुसुण्डे, सालबोट स्थायि घर भएका राजु लामा (थिङ्ग) हाल प्रवाशि भुमि (दोहा- कतार) बाट समन्वय गर्ने भएको छ।

आफ्नो देश भन्दा तथा बिरानो देश बाट पनि यसरी समाजिक सेवामा तदारूकताका साथ समन्वय गर्ने राजु लामा प्रति लियो क्लब अफ गोरखाले हार्दिक धन्यवाद प्रकट गरेको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة