Homeप्रवास समाचारगोरखा सेवा समाज, कतारले २३ औं स्थापना दिवस भब्य रूपमा मनाउने

गोरखा सेवा समाज, कतारले २३ औं स्थापना दिवस भब्य रूपमा मनाउने

तन,मन,वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यका साथ स्थापना भएक‍ो गोरखा सेवा समाज कतारले २३ औं स्थापना दिवस मनाउने भएको छ।

स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान साथै स्थानीय कलाकारहरूको साथमा बृहत् साँस्कृतिक कार्यक्रम – २०२५ हुने भएको छ।

कलाकारहरूमा गायिका रश्मि सेन्चुरि, गुना मगर (निशु), गायक पुकार थापा, सङ्गीत बिसि र नृत्यमा सानुमाया गुरूङ्ग, सलिना सिह ठकुरि, प्रिया लामा, सरिता वान्तवा राई ,श्रृष्टि राईको साथमा अन्य कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।

कार्यक्रमलाई संयोजन भने अर्जुन सङ्ग्रौलाले गर्ने भएको छ। कार्यक्रम यहि डिसेम्बर १८, २०२५ दिनको १२ बजे कतारको फुलबारि रेस्टुरेन्टमा हुने तयारी भएको छ। तसर्थ कतारमा रहनु भएका सम्पूर्ण गोरखा जिल्लावासि लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिहरूलाई आयोजक गोरखा सेवा समाज, कतारले हार्दिक अनुरोध गरेको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة