Homeसमाचारगोलि प्रहार गरि लुटपाटको प्रयास गर्ने व्यक्ति पक्राउ

गोलि प्रहार गरि लुटपाटको प्रयास गर्ने व्यक्ति पक्राउ

मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोलि प्रहार गरि लुटपाटको प्रयास गर्ने व्यक्तीलाई दाङ प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँ पालिका – ४ काभ्रे बस्ने वर्ष ३३ को लेखराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नअभियुक्तलाई सार्वजनिक गरेको हो ।

केसी पुस ४ गते विहान ७ बजेको समयमा राजपुर – १ मारुनी खोला स्थित जंगलमा लुकीछीपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

केसीलाई दाङ जिल्ला अदालतबाट ४ गते देखि लागु हुने गरी ८ दिनको म्याद थप अनुमति लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको अनुशन्धानमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले फरार अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة