Homeसमाचारतनहुँमा स्थानिय युवाको पहलमा नेपालको सबै भन्दा ठूलो झन्डा पार्क निर्माण हुने

तनहुँमा स्थानिय युवाको पहलमा नेपालको सबै भन्दा ठूलो झन्डा पार्क निर्माण हुने

तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका ०१ मा पर्ने तल्लोटारमा स्थानिय युवाको पहलमा स्थानिय पर्यटन पहिचान एवम् रास्ट्रिय भावनाको बिकास भन्ने उद्देश्यका साथ नेपालको सबै भन्दा ठूलो झण्डा निर्माण हुने भएको छ।उक्त झण्डा सङ्गै पार्क पनि निर्माण हुने भएको छ।

सो झन्डा पार्क नेपालको हाल सम्मको सबै भन्दा ठूलो हुने हुदाँ पृथ्वी राजमार्ग हुँदै देशको ठुला ठुला सहर काठमाडौ पोखरा आवत जावत गर्दा साथै गोरखाको पालुङटार तनहुँको बन्दिपुर गाँउपालिका र आँबुखैरेनि गाँउपालिकाको अधिकाङ्श भाग पनि सहजै रूपमा देख्न सकिने आयोजनाका अध्यक्ष प्रेम गिरिले जानकारि दिनु भयो।

प्रस्तावित झण्डा पार्क पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे बाट ५ किलोमिटर पोखरा तर्फ तल्लोटारमा रहेको कल्याणेश्वर मन्दिर प्राङ्गणमा निर्माण हुने भएको हो।

स्थानिय युवाको पहलमा देउसि भैलो कार्यक्रम बाट सुरू गरि स्थानिय स्तरमा उपलब्ध स्रोत साधन तथा स्थानिय बाट प्राप्त आर्थिक सहयोग सङ्कलन गरि झण्डा पार्कको आयोजना अगाडि बढेको छ भने उक्त आयोजनामा देश बिदेश बाट पनि आर्थिक सहयोग साथै उत्साहजनक सहभागिता भई आयोजनाका अध्यक्ष प्रेम गिरिले जानकारि दिनु भयो।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة