गोरखा उद्योग बाणिज्य संघको आयोजनामा यही पौष १४ गतेदेखी २८ गतेसम्म हरमटारी स्थित खेलकुद मैदानमा १२ औं गोरखा महोत्सव सञ्चालन हुने भएको छ ।
प्रदेश स्तरीय उक्त महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष भगवानबावु मास्केले बताए ।
यस अघि उक्त महोत्सव पौष ४ गतेदेखी १४ गतेसम्म गर्ने भनिएता पनि विभिन्न कारणले गर्न नसकिएको आज बिहान भएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
महोत्सवको लागि विभिन्न २२ उप–समिति बनाएर काम सुरु गरिएको बताए । अध्यक्ष मास्केका अनुसार महोत्सव स्थलमा १०० वटा स्टल राखिने छ । जहाँ घरेलु उत्पादनदेखी किसानले उत्पादन गरेको सबै प्रकारका सामाग्रीहरु प्रर्दशनका साथै विभिन्न संस्कृती झल्कने सामाग्रीहरु प्रर्दशन हुने छ ।
१५ दिनसम्म चल्ने महोत्सवमा १ लाख मानिसले अबलोकन गर्ने र करिब ३ करोड रुपैयाँ बरावरको कारोबार हुने अनुमान गरिएको छ ।