Homeगोरखाका समाचार१२ औं गोरखा महोत्सव उद्घाटन

१२ औं गोरखा महोत्सव उद्घाटन

आज देखि सुरु भएको १२ औँ गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०८२ को गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले उद्घाटन गर्नुभएको छ ।

महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले सरकारी साधन श्रोत कम हुँदा नागरिकको अपेक्षा एकै पटक पूरा गर्न नसकिएको बताउँदै समग्र लगानी बढाउन सरकारले राजस्वको दायरा बढाउनुपर्ने र यसका लागि उद्योगी, व्यवशायीसँग समन्वय आवश्यक रहेको बताउनुभयो । यसका लागि संघ र स्थानीय सरकारविच गर्नुपर्ने समन्वय र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

प्रदेश सरकारले बनाएको निति नियम कानुनले व्यापार व्यवशायमा कुनै अफ्ट्यारो छ भने प्रदेश सरकारले सहजिकरण गर्ने बताउँदै मा. मुख्यमन्त्री ज्युले जिल्ला स्तरमै व्यवशायीक अवसरहरु सिर्जना गर्दै यहाँ नै संभावना को खोजि गर्न सबैलाई अनुरोध गर्नुभयो ।

प्रदेश सरकारले विकास निर्माणका कामलाई प्राथमिकताका आधारमा निरन्तरता दिईरहेको बताउँदै उहाँले कृषि, पशुपालन जस्ता उत्पादनमूलक कार्यक्रम जोडिन युवा उद्यमी, किसान सबैलाई अनुरोध गर्नुभयो ।
गोरखामा पर्यटनको धेरै संभावना रहेको बताउनुहुँदै उहाँले पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة