Homeप्रवास समाचारकतार सरकारद्वारा १३ नेपाली कैदीलाई आमिरी आममाफी, नेपालले व्यक्त गर्‍यो आभार

कतार सरकारद्वारा १३ नेपाली कैदीलाई आमिरी आममाफी, नेपालले व्यक्त गर्‍यो आभार

काठमाडौँ, पुस १७

नेपाल सरकारले कतार राज्य सरकारले प्रदान गरेको आमिरी आममाफी प्रति हार्दिक आभार व्यक्त गरेको छ । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कतार सरकारले १३ जना नेपाली कैदीलाई आममाफी प्रदान गरेको हो ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मानवीय आधारमा गरिएको उक्त क्षमादानलाई नेपाल–कतारबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको गहिरो उदाहरणका रूपमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कतार सरकारको यस प्रकारको मानवीय कदमले दुई देशबीचको मित्रता, आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने विश्वास नेपाल सरकारले लिएको छ।”
परराष्ट्र मन्त्रालयले आममाफी प्रदान गर्ने कतार सरकारको निर्णयलाई उच्च मूल्यांकन गर्दै भविष्यमा पनि यस्ता सहयोग र सद्भाव कायम रहने अपेक्षा व्यक्त गरेको छ ।

कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कतारको जेलमा रहेका तेह्र (१३) जना नेपाली नागरिकलाई आममाफी प्रदान गरिएको सन्दर्भमा नेपाल सरकारले कतार सरकारप्रति आभार व्यक्त गरेको छ । यस सम्बन्धमा श्री परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको हो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة