Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

करेन्ट लागेर खेत जोतिरहेको गोरुको मृत्यु

गोरखा, असार १६

गोरखाको सिरानचोक गाउँपालिका–४ कागबेनीमा धान रोपाइँका लागि खेत जोतिरहेका बेला करेन्ट लागेर एउटा गोरुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार (२०८३ असार १६) तिलकबहादुर गोतामेको खेतमा धान रोपाइँको तयारीका क्रममा सोही स्थानका कृष्णबहादुर सार्कीको गोरुले जोतिरहेको अवस्थामा खेतको आली नजिक रहेको विद्युत् पोलबाट करेन्ट चुहावट (लिकेज) भएको थियो।

करेन्टका कारण जोतिरहेको एउटा गोरु घटनास्थलमै मरेको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन।घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.