Homeगोरखाका समाचारगोरखा रेडक्रसद्वारा बारपाक सुलिकोट-१ मा भूकम्प प्रभावित २४ दलित परिवारलाई त्रिपाल वितरण

गोरखा रेडक्रसद्वारा बारपाक सुलिकोट-१ मा भूकम्प प्रभावित २४ दलित परिवारलाई त्रिपाल वितरण

गोरखा, ६ असार २०८२ ।

गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ (बारपाक) मा २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भई हालसम्म पनि राज्यबाट पर्याप्त सहयोग प्राप्त गर्न नसकेका २४ दलित परिवारलाई नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले त्रिपाल वितरण गरेको छ।

यो सहयोगले भूकम्पबाट घरविहीन बनेका परिवारलाई अस्थायी आवासको व्यवस्था गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति भिमसेन काजी बानियाँको नेतृत्वमा आयोजित उक्त सहयोग वितरण कार्यक्रममा उपमन्त्री तनराज घले, रेडक्रस उपशाखा बारपाकका सभापति जनि बहादुर घले र वडा नं. १ का वडा अध्यक्ष धन बहादुर घले लगायतको सक्रिय सहभागिता रहेको थियो ।

“भूकम्पले पीडित बनेका यी परिवारले लामो समयसम्म आधारभूत सहयोगबाट समेत वञ्चित हुनुपरेको थियो । हाम्रो सानो प्रयासले उहाँहरूको जीवनमा केही राहत पुग्ने विश्वास छ,” सभापति बानियाँले भने ।

त्यस्तै उपमन्त्री तनराज घलेले रेडक्रसको यो कार्यले सामाजिक एकता र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको बताए । त्यसैगरी, वडा अध्यक्ष धन बहादुर सरले स्थानीय स्तरमा यस्ता सहयोगले समुदायलाई थप बलियो बनाउने उल्लेख गरे । रेडक्रस उपशाखा बारपाकका सभापति जनि बहादुर घलेले स्थानीय समुदायको सहकार्यमा यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

यो सहयोगले विशेषगरी दलित समुदायका परिवारलाई तत्कालीन राहत प्रदान गरेको स्थानीयले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले विगतदेखि नै भूकम्प प्रभावित क्षेत्रमा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ।यो पछिल्लो सहयोगले बारपाकका पीडित परिवारमा आशाको सञ्चार गरेको छ।

तस्बिर:- सुवास घिमिरे

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة