Homeशिक्षागोरखा जिल्लाको एसईई २०८१ को नतिजा सार्वजनिक, ७ विद्यार्थीले ल्याए ४ जीपीए

गोरखा जिल्लाको एसईई २०८१ को नतिजा सार्वजनिक, ७ विद्यार्थीले ल्याए ४ जीपीए

गोरखा, २०८२ असार १४ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएसँगै गोरखा जिल्लाका ७ जना विद्यार्थीले ४.०० को पूर्ण ग्रेड (GPA) हासिल गरेका छन्। जिल्लाभरिबाट परीक्षा दिएका ३,५३९ जना विद्यार्थीमध्ये २,१४४ जनाले ग्रेडसहितको नतिजा प्राप्त गरेका छन् भने १,३९५ जनाको नतिजामा ग्रेड नआएको (NG) देखिएको छ।

जिल्लाभित्रबाट उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूमा बारपाक सुलिकोट गाउँपालिका – ६ का सूर्यज्योति माध्यमिक विद्यालय ताकुकोट १, गोरखा नगरपालिका ८ सरस्वती माध्यमिक विद्यालय आहाले १, गोरखा नगरपालिका ६ रानीवन ओल्ड क्यापिटल माध्यमिक विद्यालय रानीवन २, गोरखा नगरपालिका ११ किलो सेंट जोसेफ माध्यमिक विद्यालय १, गोरखा नगरपालिका ६ हरमटारी मोर्डन ईङ्लिश बोर्डिङ स्कुल १ र सिरानचोक गाउँपालिका ४ ब्राइट फ्युचर एकेडेमीका १ गरी ७ जना विद्यार्थीले ४.०० जीपीए ल्याएर शैक्षिक उत्कृष्टता देखाएका हुन्।

श्रेणीगत नतिजा विवरण:

GPA 3.6 – 4.0: १९३ जना (५.४५%)

GPA 3.2 – 3.6: ४४५ जना (१२.५७%)

GPA 2.8 – 3.2: ७६४ जना (२१.५९%)

GPA 2.4 – 2.8: ६७५ जना (१९.०७%)

GPA 2.0 – 2.4: ६७ जना (१.८९%)

जिल्लाका कुल ६०.५८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने ३९.४२ प्रतिशत विद्यार्थी ग्रेडविहीन (NG) रहेका छन्, जसले पूरक (ग्रेड वृद्धि) परीक्षा दिन पाउनेछन्।

पुरक परिक्षाको समय तालिका

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة