Homeगोरखाका समाचारआफ्नै खेतमा बावुराम बाउसे र हिसीला रोपारे

आफ्नै खेतमा बावुराम बाउसे र हिसीला रोपारे

गोरखा, २०८२ असार १५ । आज असार १५ राष्ट्रिय धान दिवस “मानो खाएर मुरी उब्जाउने” नेपाली उखान सम्झाउने यो दिन देशभर किसान र अन्य सरोकारवालाहरू खेतमै झरेर रोपाइँ गर्दै मनाउँदै थिए। तर, गोरखाको पालुङटार नगरपालिका–१, बेलबास टारमा देखिएको दृश्य अलिक भिन्न थियो पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हलो समाउँदै बाउसे बनेका थिए भने, पुर्व मन्त्री हिसीला यमी खेतमै छिरेर रोपार बन्दै थिइन्।

उनीहरूले आफ्नै खेतमा रोपाइँ गर्दै रोपाइँ महोत्सव–२०८२ लाई विशेष बनाए। साथमा थिए गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा, मण्डली महिला कृषक क्लब र कृषि ज्ञान केन्द्र गोरखाका कर्मचारीहरु । उनीहरुले खेतम काम गर्दै गर्दा स्थानियहरु सबैले सहयाेग समेत गरेका थिए ।

फोटोफिचर (तस्बिर:- डा. बाबुराम भट्टराईको सचिवालय)

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة