Homeखेलकुदलाओसमाथि नेपालको गोल वर्षा, कप्तान सावित्राको ह्याट्रिक

लाओसमाथि नेपालको गोल वर्षा, कप्तान सावित्राको ह्याट्रिक

१५ असार, काठमाडौं । सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ ।

उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ ।

यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो १०० औं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ ।

नेपालको फराकिलो जितमा यसै खेलबाट कप्तानी डेब्यु गरेकी सावित्राले ४ गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १-१ गोल गरे । एक गोल नेपालले उपहार पाएको थियो ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة