काठमाण्डौं, मंसिर २२
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको छ । मङ्सिर १ देखि १४ गते सम्म आयोगमा दर्ता भएका दलहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको हो ।
आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक दलले चिन्ह प्रदान गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ११४ दल निर्वाचनमा सहभागी हुनेछन् । तीमध्ये ५ दल एक चिन्ह लिएर संयुक्त निर्वाचनमा भाग लिनेछन् । एक सय २ दल एक्ला एक्लै निर्वाचनमा भाग लिनेछन् ।
सूचि सहित


Post Views: 85
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0