Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

रवि-बालेन एक, गरिए ७ बुँदे सम्झौंता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ । बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरू बीच सहमति भएको हो ।

सम्झौताअनुसार, रवि लामिछाने रास्वपाको केन्द्रीय सभापति रहनेछन् भने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने उल्लेख छ ।

त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमति पत्रमा उल्लेख छ । सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन् ।

लामिछाने र शाहबीचको सहमतिअनुसार बृहत् एकतापछि पार्टीको सङ्गठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने, योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने निर्णय गरिएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.