Homeगण्डकी प्रदेशगोरखाका दुवै क्षेत्रबाट कांग्रेसमा प्रतिनिधिसभा–समानुपातिक र राष्ट्रिय सभाका आकांक्षीहरूको नामावली संकलन

गोरखाका दुवै क्षेत्रबाट कांग्रेसमा प्रतिनिधिसभा–समानुपातिक र राष्ट्रिय सभाका आकांक्षीहरूको नामावली संकलन

नेपाली कांग्रेस गोरखाका दुवै क्षेत्रीय समितिहरुले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका लागि आकांक्षी उम्मेदवारहरूको नामावली संकलन गरेको छन्। आइतबार सम्पन्न क्षेत्रीय समिति बैठकपछि संकलित सबै नामावली सोमबार जिल्ला कार्यसमितिमा रायसहित प्रस्तुत गर्ने तयारी गरिएको क्षेत्रीय सभापति गोविन्द गुरुङले जानकारी दिए।

गोरखा–२ : सात–सात जनाले प्रत्यक्ष र समानुपातिकमा नाम दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ सातजनाले नाम दर्ता गराएका छन्।
नाम दर्ता गर्नेमा –
प्रकासचन्द्र दवाडी, दीपकबाबु कँडेल, नवीन श्रेष्ठ, वेदप्रसाद काप्री, ओमबहादुर गुरुङ, फणिन्द्र धिताल र मोहनप्रकाश पोखरेल रहेका छन्।

त्यस्तै समानुपातिकतर्फ पनि सातजनाले आकांक्षा व्यक्त गरेका छन्।
अम्बिका न्यौपाने, शोभा अधिकारी, मनोजप्रसाद धिताल, मनकुमारी गुरुङ, इश्वरबहादुर परियार, प्रा. सलाउद्दीन मियाँ र रविकला खनालले नाम दर्ता गराएका छन्।

राष्ट्रिय सभातर्फ पिताम्बर बडु, अब्दुल सतार, हरिबहादुर घले र राजनदेव भट्ट आकांक्षीको रूपमा दर्ता भएका छन्।

गोरखा–१ : प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ छ जनाको नाम दर्ता

क्षेत्र नं. १ को कार्यसमितिमा प्रत्यक्षतर्फ नौजनाले उम्मेदवारीको इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन्।
उक्त सूचीमा भूगोल थापा, राजेन्द्र बजगाईँ, युवराज बस्ताकोटी, डिल्लिराज तिमिल्सिना, जनार्दन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त, चिनकाजी श्रेष्ठ र प्रेम खत्री रहेका छन्।

समानुपातिकतर्फ ईश्वर पाण्डे, कमला लामिछाने, हरिबहादुर गान्धारी, परशुराम भट्ट, जगत बराम र सन्तबहादुर गुरुङले नाम दर्ता गराएका छन्।

राष्ट्रिय सभातर्फ क्षेत्र नं. १ बाट जीवनप्रेम श्रेष्ठ आकांक्षीका रूपमा दर्ता भएका छन्।

क्षेत्रीय समितिहरूले संकलित सबै नामावलीलाई रायसहित सोमवार जिल्ला कार्यसमितिमा पठाइने जनाइएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة